|
देशको अर्थतन्त्रमा प्रभाव पार्ने पूँजीको निर्माणको वित्तिय साधन वचत परिचालन पनि हो । विकासोन्मुख देशहरुमा पूँजीको आभावको कारणले गर्दा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेको छैन । त्यसै कारणले गर्दा पूँजीको निर्माणार्थ टेवा पुर् याउन यस ओरेण्टल को - अपरेटीभ लिमिटेड वचत संकलन गरेर प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने गरेको छ । आम्दानी गरेरमात्र व्यक्तिको आर्थिक उन्नती हुन सक्दैन, खचै जोगाउनु पनि ठूलो कुरा हो । यसै कुरालाई मध्यनजर राखि यस संस्थाले घर दैलोमा नै गई बचत संकलन गरिरहेको छ ।
|